२ पुस २०८२, बुधबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  16 January, 2023 8:04 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

त्यस्तै आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाको जानकारी अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !