सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 16 January, 2023 11:35 am
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीकाे मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी तोलाको १० रुपैयाँले बढेर १४०० रुपैयाँ तोला पुगेको छ । आइतबार सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ र चाँदी १३९० रुपैयाँमा कारोबार भएको थियो ।








