यती एयर विमान दुर्घटनामा पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइदैँ
प्रकाशित मिति : 17 January, 2023 9:36 am
काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंमा आफन्त भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज हेलिकप्टरमार्फत काठमाडौं ल्याइने भएको हो ।
दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ शव पोखरामा परिक्षण गरिने भएको छ । ७२ जना दुर्घटनामा परेकोमा हालसम्म ७० जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्।
पहिचान भएका शव पोखरामा परीक्षण गरी परिवारलाई बुझाइने भए पनि पहिचान हुन नसकेका शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याउन लागिएको हो ।








