८ बैशाख २०८१, शनिबार

कपिलवस्तुका मृतक युवकको कोरोना परीक्षण नेगेटिभ

प्रकाशित मिति :  7 April, 2020 9:01 pm


कपिलवस्तु, २५ चैत ।

कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको  छ ।
कपिलवस्तुको विजयनगर-२ जर्लैया घर भएका ३० बर्षीय गोर्बधन भरको गएराति  उपचारका क्रममा मृत्यु भएको थियो ।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले जानकारी दिए ।

बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए ।

रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !