३ पुस २०८२, बिहिबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  17 January, 2023 12:42 pm


काठमाडौं । आज मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेर प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन तोलाको एक लाख ५ हजार २०० र चाँदी १४०० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !