तोलामा ६०० रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 18 January, 2023 10:42 am
काठमाडौं । नेपाली बजारमा आज बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर तोलाको एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भइरहको छ ।
महासंघको जानकारी अनुसार आज तेजावी सुन तोलाको एक लाख ४ हजार रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।






