नेप्सेमा साढे ६४ लाख कित्ता बोनस सेयर सूचिकृत
प्रकाशित मिति : 18 January, 2023 3:43 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न ३ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका बुधबार अनुसार मेगा बैंक नेपाल लिमिटेडको ४ प्रतिशत बोनस बापतको ६४ लाख ४८ हजार एक सय ८४ दशमलव ५८ कित्ता सेयर सूचिकृत भएको हो ।
यसका साथै, रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ४ लाख ४८ हजार ४ सय ७६ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७।४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार २ सय कित्ता सेयर सूचिकृत भएको हो ।






