२ पुस २०८२, बुधबार

लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  19 January, 2023 10:17 am


काठमाडौं । लक्ष्मी वित्तीय संस्था लिमिटेड लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ।

माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !