२ पुस २०८२, बुधबार

भारतमा आयोजित ‘अटो ट्रेड संवाद’ मा नेपालको तर्फबाट नाडाको प्रतिनिधित्व

प्रकाशित मिति :  19 January, 2023 12:31 pm


काठमाडौँ । भारतको दिल्लीस्थित ग्रेटर नोइडामा आयोजित १६ औं अटो एक्स्पो २०२३ को समापन भएको छ। गत पुष २८ गतेदेखि सुरू भएको उक्त एक्स्पोको समापन बुधबार गरिएको हो।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण गरेको थियो। नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहित १५० भन्दा बढी सदस्यहरूले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन मेनुफेकचरिङ एसाेसिएसन (सिएम) ले पहिलो पटक पुस ३० गते इन्डिया एक्स्पो मार्टमा आयोजना गरेको अटो ट्रेड डाइलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौति र समस्याहरूका बारेमा धारणा व्यक्त गरेका थिए । साथै कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एन्ड पोलिसी ट्रेडका विषयमा विशेष प्रस्तुति दिएका थिए ।

त्यसैगरी उक्त संवाद कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एसाेसिसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एन्ड मेनुफेक्चरिङ एसाेसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतिहरूबारे चर्चा गरे।

कार्यक्रमको सहजकर्ता सियामका स्ट्राटिजी ब्रान्ड एन्ड कम्मुनिकेसन, भिई कमर्सियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष भगवान विण्डीगनाभिले गरेका थिए।

कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेकाे थियो।

सियामले पुस २८ गते सोही स्थानमा पहिलो पटक आयोजना गरेको इभी छलफल कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी थिए। सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई सो संवाद र छलफल कार्यक्रमहरूमा सहभागी भएर धारणा राखिदिन निमन्त्रणा गरेको थियो।

यसै क्रममा अटोमोटिभ कम्पोनेणन्ट मेनुफेक्चर्स एशोसिएशनले पौष २७ गतेदेखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपोमा पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू लगायत नाडाका सदस्य कम्पनीहरूले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए।

यसबाट नाडाको सियाम र एक्माबlचको पारस्परिक सम्बन्ध थप मजबुत भएको नाडाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !