सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति : 20 January, 2023 10:49 am
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलाको ७०० रुपैयाँले बढेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य आज शुक्रबार तोलाको ७०० रुपैयाँले बढेर तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार ७०० रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार २० रुपैयाँले घटेको चाँदीको मूल्य आज शुक्रबार २० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाला सुनको मूल्य तोलाको एक लाख ४ हजार ५०० र चाँदी १३५५ रुपैयाँमा कारोबार भएकाे थियो ।








