२ पुस २०८२, बुधबार

भिजिविलिटी कम हुदाँ मलेसियाबाट आएको जहाज अवतरण हुन सकेन

प्रकाशित मिति :  20 January, 2023 11:10 am


काठमाडौं । त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ।

आज बिहान त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् ।

मेलिसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण हुन नसकेपछि कलकत्तामा पुगेको छ । त्यस्तै नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ।

त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम भएकाले अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !