२ पुस २०८२, बुधबार

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

प्रकाशित मिति :  20 January, 2023 11:42 am


काठमाडौँ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साढे ३९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका थिए ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९।६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ।



प्रतिक्रिया दिनुहोस !