२ पुस २०८२, बुधबार

टाटा जेन्यूइन् स्पेयर पार्ट्स र आयलको मूल्यमा भारी छुट

प्रकाशित मिति :  20 January, 2023 12:39 pm


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा जेन्यूइन् पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्राहकवर्गको चाहना र अपेक्षालाई ध्यानमा राखेर उक्त छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप सिप्रदीका अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरि कम खर्चमा टाटा जेन्यूइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकवर्गको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।उक्त छुट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा लागु हुने छ ।

यसका साथै सिप्रदी वर्कसपमा फेरिएका टाटा जेन्युन् पार्ट्सहरूमा ६ महिना वा ५० हजार किमिसम्म वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस !