२ पुस २०८२, बुधबार

यस्तो रहेको छ आजको मौसम

प्रकाशित मिति :  22 January, 2023 8:17 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।यतिबेला प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !