२ पुस २०८२, बुधबार

नाडाद्वारा नगद मार्जिनको व्यवस्था हटाउने निर्णयको स्वागत

प्रकाशित मिति :  22 January, 2023 1:30 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयको नाडा अटोमोवाइल्स एसाेसिएसन अफ नेपाल नाडाले स्वागत गरेको छ ।

नाडाले एक विज्ञप्ति सार्वजनिक गर्दै १३ महिनादेखि जारी एलसीमा अनिवार्य नगद मार्जिको व्यवस्थासँगै यसअघि नै कार, जिप भ्यान, मोटरसाइकलको आयात प्रतिबन्धको फुकुवाको गरेकोमा सरकारलाई धन्यवाद दिएको हो ।

”नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेकोस वारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरूको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध पनि केही समयअघि फुकुवा गरेको छ । सरकार तथा नेपाल राष्ट्र बैंकको यस्तो निर्णयको नाडा अटोमोवाइल्स एसाेसिएसन अफ नेपाल हार्दिक स्वागत गर्दछ । नेपाल राष्ट्र बैंकको हालको योनिर्णयहरुले अटोमोवाइल लगायतका व्यावसायहरूमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको छ’’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नाडाले अटो लोन र हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने र बैंकहरूबाट निजी सवारी साधनका लागि प्रवाह हुने हायर पर्चेज कर्जाको सीमा ५० प्रतिशतबाट वृद्धि गरिनुपर्ने लगायतको माग नाडाले राखेको छ ।



प्रतिक्रिया दिनुहोस !