२ पुस २०८२, बुधबार

नेपाली बजारमा आयो नयाँ राइड शेयरिङ प्लेटफर्म

प्रकाशित मिति :  22 January, 2023 5:51 pm


काठमाडौँ । नेपाली बजारमा नयाँ सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको छ । सो प्लेटफर्ममा आवद्ध हुने राइडरले बिना कुनै शुल्क रजिस्टर गरी ३ महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ ।

उक्त पमा आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिने बताइएको छ ।

त्यसैगरी, सह संस्थापक प्रकाश मालाकारले राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ । यात्रा गरेको मान्छे र राइडरलाई लिङ्कका माध्यमबाट ट्रयाक गर्न सक्छन् ।

राइडर र यात्रुबिच सम्पूर्ण कारोबार क्याशलेस बनाउन एपमै पेमेन्ट गेटवे समावेश गरेको जनाइएको छ । कम्पनीका अनुसार हाल पोखरा, बुटवल, भरतपुर र काठमाडौंमा बाइक र कारको राइड शेयरिङ सेवा लिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !