फोर्स मोटर्सको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा
काठमाडौँ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले ग्रहाकहरुलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा संचालनमा ल्याएको छ ।
गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्यले सर्भिस सेन्टर संचालनमा ल्याएकाे आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन के.सीले जानकारी दिए ।
बिगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री बितरण गर्दै आएकाे कम्पनीले जनाएको छ ।
उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ज्यूले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।








