३ पुस २०८२, बिहिबार

माघ १८ गतेदेखि शुभम पावरको आईपीओ निष्काशन

प्रकाशित मिति :  24 January, 2023 8:20 am


काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ ।आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

आईपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरदेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।



प्रतिक्रिया दिनुहोस !