३ पुस २०८२, बिहिबार

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  25 January, 2023 11:38 am


काठमाडौँ। आज बुधवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्यमा १०० रुपैयाँले कमी आउँदै तोलाको एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार तोकिएको छ ।

आज बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !