७ बैशाख २०८१, शुक्रबार

३५ औं वार्षिकउत्सवको अवसरमा वालिङको पाइनिअज एकेडेमीले गर्यो सरसफाई कार्यक्रम

प्रकाशित मिति :  25 January, 2023 4:38 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा रहेको पाइनिअज हायर एजुकेसन एकेडेमीले आफ्नो ३५ औं वार्षिकउत्सवको अवसरमा सरसफाई एंव जनचेतना कार्यक्रम सम्पन्र गरेको छ । विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसर पारेर वालिङको हाइवे अन्र्तगत मिर्दीदेखि भकुण्डेसम्म सरसफाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले विद्यालयले आयोजना गरेको उक्त कार्यलाई धन्यावाद दिदैँ अगामी दिनमा पालिकाले पनि यस्तो कार्यमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विद्यालयले भोलि (बिहीबार) सरस्वती पूजाको दिनमा वार्षिकउत्सव मनाउने भएकाले यसपटक समाजमा सकारात्मक सन्देश दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले बताए । त्यस्तै गैह्रेले अगामी दिनहरुमा पनि यस्ता सकारात्मक कार्यक्रम गरेर नगरपालिकालाई स्मार्ट नगर बनाउन विद्यालयले सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा नगरप्रमुख कृष्ण खाँण, नगर उप्रमुख कविता गैह्रे, प्रहरी, विभिन्र वडाका जनप्रतिनिधिहरु र पत्रकार एंव समाजेसेवीको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !