३ पुस २०८२, बिहिबार

हिरोको नयाँ इभी बाइक बजारमा लन्च हुँदै

प्रकाशित मिति :  26 January, 2023 3:16 pm


काठमाडौँ । हिरोले स्प्लेन्डर बाइक इलेक्ट्रिक भर्सनमा लन्च गर्ने भएको छ । कम्पनीले लन्च गर्ने नयाँ इलेक्ट्रिक स्प्लेन्डरको डिजाइनमा टयांकीमा ब्याट्री प्याक जडान गर्ने भएको कारणले यसको डिजाइनमा भने केही परिवर्तन गर्ने सम्भावना रहेको जनाएको छ ।

यसको सिट, टेल लाइट र फ्रन्ट लाइट यथावत रहनेछ । यसको डिस्प्ले परिवर्तन गरी एलसीडीमा परिवर्तन हुनेछ । साथै यसमा मोबाइल चार्जिङ, जीपीएस, स्पिड सेन्सर जस्ता फिचर थपिनेछ ।

कम्पनीका अनुसार यसको रेन्ज २५० देखि ३०० किलोमिटर बनाउन विशेष काम गरिरहेको छ । हालसम्म यस्तो रेन्ज भएको इलेक्ट्रिक स्कुटर वा बाइक बजारमा उपलब्ध छैन । यदि यो सम्भव भएमा हिरो स्प्लेन्डरले इलेक्ट्रिक टु ह्विलमा बजार ओगट्ने सम्भावना छ ।

सो बाइकको मूल्य ९० हजारदेखि १ लाख १ हजार भारु हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !