११ बैशाख २०८१, मंगलबार

तोलामा ११०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  27 January, 2023 10:41 am


काठमाडौं । नेपाली बजारमा आजको कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ११०० रुपैयाँले घटेर तोलाको एक लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ३०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार स्थिर रही सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !