६ चैत्र २०८०, मंगलबार

साताको सेयरबजार : ४ दिनमा १० अर्ब माथिको कारोबार

प्रकाशित मिति :  27 January, 2023 12:48 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो सातामा ४ दिन मात्रै कारोबार भएको छ । साताको पहिलो दिन सार्वजनिक विदा परेको हुनाले ४ दिन मात्रै सेयर कारोबार भएको हो ।

यस साता नेप्से परिसूचक ४ दिनमा १८.११ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन सोमबार २१६५.१० अंकमा रहेको नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन २१८३.२१ अंकमा पुगेर बन्द भएको ।

यसबिच कारोबारको ४ दिनमा २ दिन नेप्से परिसूचक बढेको छ भने २ दिन घटेको छ ।

सोमबार नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० अंकमा झरेको छ भने नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेको थियो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१३.०१ अंकमा झरेको थियो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको थियो भने बाँकी २ वटा उपसमूहकोे सेयर थियो ।

यस दिन कूल २५७ वटा कम्पनीको एक करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३ रूपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै मंगलबार नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ अंकमा पुग्दा नेप्से परिसूचक भने ०.३८ प्रतिशतले बढेकोे थियो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर थिए भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको थियो ।

त्यस्तै मंगलबार कूल २४८ वटा कम्पनीको ८३ लाख एक सय ८७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३२ लाख ३० हजार ३९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ अंकमा पुगेको थियो । नेप्से ०.४८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक भने १.३० अंकले घटेर ४१४.२४ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ । बैंकिङ्ग, फाइनान्स र अन्य समूह घटेको हो ।

त्यस्तै बुधबार कूल २६१ वटा कम्पनीको ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ अंकमा पुगेको थियो । यस दिन नेप्से ०.०२ प्रतिशतले घटेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.११ अंकले घटेर ४१३.१३ अंकमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कूल २५४ वटा कम्पनीको ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा साताको कारोबारको ४ दिनमा १० अर्ब ४ करोड ४३ लाख ११ हजार ८ सय ७३ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !