यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।








