१५ चैत्र २०८०, बिहिबार

८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  30 January, 2023 5:38 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना सार्वजनिक गदै ५ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘झ’ सार्वजनिक गर्ने भएको हो ।

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त दिन भनेको छ । सूचना अनुसार ऋणपत्रको बोलकबोल मंगलबार दिउँसो ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ ।

कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ६ अर्ब ८० करोड रुपैयाँ आपसी प्रतिष्पर्धामा र १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिनेछ । सहभागिले दुबै प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको ब्याजदर भने कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्मको कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराउने बैंकले जनाएको छ । ब्याज भने खरिदकर्तालाई अर्धवार्षिक (६६ महिना) मा प्रदान गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !