३ पुस २०८२, बिहिबार

तोलामा ५०० रुपैयाँ घट्यो सुन, चाँदी स्थिर

प्रकाशित मिति :  31 January, 2023 11:13 am


काठमाडौं । आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँले घटेर तोलाको एक लाख ५ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ३०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य पछिल्लो २ दिनदेखि स्थिर रही तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !