३ पुस २०८२, बिहिबार

काठमाडौँमा जावा मोटरसाइकलको विन्टर सर्भिस क्याम्प आजदेखि सुरु

प्रकाशित मिति :  31 January, 2023 11:20 am


काठमाडौँ । जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अग्नी मोटो इंक प्रालिले आजदेखि विन्टर सर्भिस क्याम्प आयोजना सुरु गरेको छ । ३ दिनसम्म चल्ने सो क्याम्प सामाखुसीस्थित सर्भिस सेन्टरमा सुरु गरेकाे हाे ।

क्याम्पमा मोटरसाइकलको सर्भिसिङ गराउँदा लाग्ने लेवर चार्जलाई नि:शुल्क गरिएको छ भने स्पेयर पार्ट्स, एसेसोरिज र इन्जिन आयलमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । यसैगरी हरेक दिन तीन जना भाग्यशाली विजेतालाई लक्कि ड्र मार्फत आकर्षक उपहार दिइने व्यवस्था मिलाइएको छ ।

सो क्यामपमा जावा मोटरसाइकल प्रयोग गर्ने ग्राहकले आफ्नो वाइकको एफआई र डिटिसी स्क्यान नि:शुल्क गराउन सक्नेछन् । क्याम्प भिजिट गर्ने हरेक ग्राहकले सर्भिस डिस्काउन्ट कुपनको साथै लक्कि ड्र मार्फत अन्य धेरै कुपन समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्याम्प स्थलबाट जावाको राइडिङ ज्याकेट र हेल्मेट खरिद गर्दा ग्राहकले आकर्षक छुट पाउने छन् भने स्प्रे किटमा २२ प्रतिशत छुटको व्यावस्था समेत मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !