सुनको मूल्य : तोलाको एक लाख ६ हजार ३०० रुपैयाँ
प्रकाशित मिति : 1 February, 2023 11:24 am
काठमाडौं । सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेर तोलाको एक लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । पछिल्लो २ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको छ ।








