विमानस्थलबाट ९ किलो सुनसहित क्यानडियन नागरिक पक्राउ
प्रकाशित मिति : 2 February, 2023 8:56 am
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
गएराति १२: १० बजे फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा काठमाडौंआँउदै गरेका यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ पुरुष रहेका छन् । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।








