तोलाको १ लाख ७ हजार ५०० पुग्यो सुन
प्रकाशित मिति : 2 February, 2023 11:22 am
काठमाडौं । सुनचाँदी बजारमा आज बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको १२०० रुपैयाँले बढेर तोलाको १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ७ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी तोलाको २५ रुपैयाले बढेर १३९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख ६ हजार ३०० र चाँदी १३७० रुप्याँमा कारोबार भएको थियो ।








