हेटौंडादेखि मकवानपुरगढीसम्म एनओजी च्याप्टर राइड सम्पन्न
प्रकाशित मिति : 2 February, 2023 1:47 pm

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौंडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौंडा शोरुमबाट शुरु भएर मकवानपुर गढीसम्म पुगेर समापन भएको थियो ।
उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइनुको साथै सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।