४ पुस २०८२, शुक्रबार

सुनचाँदीको मूल्य ह्रातै घट्यो

प्रकाशित मिति :  3 February, 2023 11:53 am


काठमाडौं । आज शुक्रबार नेपाल सुनचाँदी बजारमा सुनको मूल्य ह्रातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामै एक हजार ४०० रुपैयाँले घटेर तोलाको एक लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहिबार तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलामा ३० रुपैयाँ घटेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !