यस्तो रहेकोछ आजको मौसम
प्रकाशित मिति : 5 February, 2023 7:55 am
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सुरकुहिरो लागेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं। १ को हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।








