सुनको मूल्य बढ्यो, चाँदी स्थिर
प्रकाशित मिति : 6 February, 2023 11:28 am
काठमाडौं । आज सोमबार सुनको मूल्यमा वुद्धि भएको ।नेपाल सुनचाँदी वयवसायी महासंघको जानकारी अनुसार आइतबार प्रतितोला २ हजार रुपैयाँले घटेको छापावाला सुनको मूल्य आज सोमबार प्रतितोला ५०० रुपैयाँले बढेर तोलाको एक लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार १०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
महासंघका अनुसार आज चाँदी मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा ४५ रुपैयाँ घटेर १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि आज सोमबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।








