४ पुस २०८२, शुक्रबार

आइपीओ जारी गर्न अनुमति माग्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रो

प्रकाशित मिति :  7 February, 2023 2:47 pm


काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २८ लाख कित्ता सेयर आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले उक्त धितोपत्र बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको ।



प्रतिक्रिया दिनुहोस !