४ पुस २०८२, शुक्रबार

भ्यालेन्टाइनमा यामाहाले ल्यायो ‘कि टु द गोल्डेन हार्ट’ योजना

प्रकाशित मिति :  7 February, 2023 5:15 pm


काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिने यो अफर यामाहाका सिमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार एफजेड(एस एफआई भर्सन ३।०, एफजेड(एस एफआई भर्सन २।०, एफजेड एफआई भर्सन २।०, एसजेड(आरआर भर्सन २।०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडेल रहेका छन् ।

यो अफर यामाहा स्कुटरमा १ -१७ गते फेब्रुअरी २०२३ सम्म मात्र लागु हुनेछ भने यामाहाको बाइकमा १९ जनवरी २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !