सुनको मूल्यमा सामान्य वुद्धि
प्रकाशित मिति : 8 February, 2023 11:54 am
काठमाडौं । आज बुधबार सुनचाँदी बजारमा सुनको मूल्यमा सामान्य वुद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर तोलाको एक लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार ३०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघको विवरण अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।








