सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति : 9 February, 2023 11:22 am
काठमाडौं । आज बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार ४०० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको विवरणमा आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।








