१६ असार २०८३, मंगलबार

पोखराका दलीत महिलालाई साबुन बनाउने तालिम

प्रकाशित मिति :  11 February, 2023 12:11 pm


पोखरा । वडा स्तरिय दलीत सञ्जाल पोखराले ९ नम्वर बडामा रहेका दलित महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ ।

तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने वताएकी थिइन् ।

कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

१० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिएका थिए । तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक बनाउन सिकाइएकाे थियाे।

प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको वताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने वताएका थिए ।

संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गरेकी थिइन ।



प्रतिक्रिया दिनुहोस !