४ पुस २०८२, शुक्रबार

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकआपसमा गाभिँदै

प्रकाशित मिति :  12 February, 2023 11:21 am


काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा कम्पनीका आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

सवल र सक्षम बिमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म उन्नतस्तरको निर्जीवन बिमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई प्रभावकारी बनाउँदै सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको जनाएको छ।

सम्झौता अनुसार दुबै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ। दुबै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवम् डिडिए रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता भएकोे छ।



प्रतिक्रिया दिनुहोस !