सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 13 February, 2023 11:31 am
काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंको जानकारी अनुसार आइतबार प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार ५०० रुपैयाँ रहेको छ ।
महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलाको १२९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।








