सुनको मूल्य ७०० रुपैयाँ बढ्यो
प्रकाशित मिति : 19 February, 2023 11:49 am
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ७०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबारको तुलनामा चाँदी तोलाको १५ रुपैयाँ बढेर तोलाको १२९० रुपैयाँ कारोबार मूल्य तोकिएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको एक लाख २ हजार ५०० र चाँदी १२७५ रुपैयाँ रहेको थियो ।








