यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








