सुनको मूल्य घट्यो, चाँदी स्थिर
प्रकाशित मिति : 21 February, 2023 11:27 am
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख ३ हजार रुपैयाँमा कारोबार हुदैँछ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको विवरण अनुसार सोमबार तोलाको १२९० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य स्थिर रहि आज मंगलबार पनि सोही मुल्यमा कारोबार हुने महासंघले जनाएको छ ।








