५ पुस २०८२, शनिबार

नेपालभरका ३० मुख्य सहरहरूमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

प्रकाशित मिति :  24 February, 2023 3:32 pm


काठमाडौँ । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरहशरूमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ ।

माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज ¥याली जस्ता विभिन्न कार्यक्रमहरू गरिएको थियो ।

माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरूलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै, सहभागीहरूलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका सीइओ दीपक अग्रवालले भने,“माइलेज क्याम्प गर्नुको उद्धेश्य हाम्रा ग्राहकहरूसँग भेटघाट र अन्तर्कृया गर्नु हो जसमा नेपालभरका विभिन्न सहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनहरूले हाम्रा ग्राहकहरूलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ ।”

यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य सहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेको कम्पनीले जनाएको छ ।

माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस साेरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !