१३ बैशाख २०८१, बिहिबार

आज पनि मेघ गर्जन र चट्याङ सहित वर्षा हुने

प्रकाशित मिति :  19 March, 2023 7:37 am


सांकेतिक तस्बिर

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही भू-भागहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !