१३ बैशाख २०८१, बिहिबार

बेपत्ता छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक संसदमा पेश हुँदै

प्रकाशित मिति :  19 March, 2023 9:18 am


काठमाडाैँ । आज (आइतबार) बस्ने संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पेश गरिने भएकाे छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा साे विधेयक आइतबारको संसद बैठकमा पेस गर्ने निर्णय भए अनुरूप विधेयक पेश गरिने भएकाे हाे । लामाे समयदेखि अलपत्र अवस्थामा रहेका विधेयक फास्ट ट्रयाकमा पास गर्ने तयारी भइरहेकाे जनाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !