६ पुस २०८२, आइतबार

२९०० रुपैयाँ बढ्यो सुन, तोलाको १ लाख १० हजार

प्रकाशित मिति :  19 March, 2023 11:06 am


काठमाडौँ । आज आइतबार सुनको मूल्य ह्रातै माथि उक्लिएको छ । यो मूल्यसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार गत शुक्रबार तोलाको एक लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यआज आइतबार तोलामै २९०० रुपैयाँले बढेर तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि तोलामै ३५ रुपैयाँ बढेको छ । शुक्रबार १३१० रुपैयाँ कारोबार भएको चाँदी ३५ रुपैयाँ बढेर तोलाको १३४५ रुपैयाँ आजको कारोबार मूल्य तोकिएको हाे।



प्रतिक्रिया दिनुहोस !