१५ बैशाख २०८१, शनिबार

चट्याङ, हावाहुरी र असिना सहित वर्षा हुने

प्रकाशित मिति :  21 March, 2023 8:19 am


सांकेतिक तस्बिर

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशखाको जानकारी अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही काठमाडौँ लगायत केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गरहावा\हुरीरअसिना सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आँशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा\हुरी रअसिना सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !