८ बैशाख २०८१, शनिबार

आज यी प्रदेशमा वर्षा हुने

प्रकाशित मिति :  22 March, 2023 7:49 am


फाइल फाेटाे

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको जानकारी अुनसार हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहि पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !